The Cinemax Hub

गीत रातो भालेको अफिसियल म्युजिक भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

लिजा लामा र दिपक रमणको स्वर रहेको गीत रातो भालेको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो नयाँ बर्ष २०८० सालको पूर्वसन्ध्या पारेर रिलिज गरिएको हो ।

राजु लामाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा बिना राउत, सरोज राना, आभा मगर, सुरविर पण्डित र रामचन्द्र अधिकारीले अभिनय गरेका छन् । आरएल डिजिटलको ब्यानरमा निर्माण भएको भिडियो र अडियो राम्रो बनेको छ ।

म्युजिक भिडियोमा गणेश सुवेदीको शब्द रचना तथा गायक रमणको संगीत रहेको छ । सार्वजनिक गीतमा युवराज राईको छायांकन, डिएलएक्स विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तनको कलर करेक्सन र नहकुल खड्काको सम्पादन छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /