The Cinemax Hub

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’को गीत ‘यो खास्टो मायाको’ बोलको गीत रिलिज

Facebook
Twitter
WhatsApp

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’को गीत ‘यो खास्टो मायाको’ बोलको गीत रिलिज गरिएकोे छ । शनिबार इन्टरनेटमा रिलिज गरिएको गीतमा अभिनेत्री सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्टलाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत र शिव परियार र प्रविसा अधिकारीको स्वर सुन्न सकिन्छ । डोल्पाका रमणीय स्थानमा खिचिएको गीतमा निर्देशक लक्ष्मण सुनारको कोरियोग्राफी रहेको छ । गीतको भिडियो र अडियो औषत बनेको छ । प्रदर्शनको पहिलो दिन राम्रो ब्यापार गरेको सिनेमाले दोस्रो दिन शनिबारको व्यापार औषत छ ।

सिनेमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले ‘बुलाकी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको सिनेमाको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएका छ । यो निर्देशक सुनारको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमाको बितरण त्रिनेत्रन् र एफडी गर्दैछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /