The Cinemax Hub

नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक

Facebook
Twitter
WhatsApp

नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक गरेर आफूलाई नेपालभाषाको बलियो गायिका मात्र नभइकन नायिकाको रुपमा प्रस्तुत गर्न सफल भएकी छन्। आफ्नो गायनको गीत बहनिया मिलामा आफै नायिका बनेर बुलन्द अभिनय गरेकी बुनु श्रेष्ठ गायिका मात्र नभइकन नायिका पनि हुन भन्ने प्रमाणित गरेको छ। जुन गीतमा गायिका बुनु श्रेष्ठको अभिनयमा नेपाली चलचित्रका युगिन नायक धीरेन शाक्यले साथ दिएका छन्।

बढी नेपाली चलचित्रमा मात्र सक्रिय बनिरहेका नायक शाक्य केही समय यता आफ्नो मातृभाषा नेपालभाषाका गीतका म्युजिक भिडियोहरुमा पनि अभिनय मार्फत सक्रिय बन्न थालेका छन्। जुन सुखद पक्ष हो। पहिलो पल्ट नेपालभाषाको गीत गायन अनि अभिनयमा पहिलो पल्ट नेपाली चलचित्रका अब्बल नायक धीरेन शाक्यसंग अभिनय गर्दा थुप्रै उत्साह तथा हौसला मिलेको गायिका तथा नायिका बुनु श्रेष्ठले भिजन संसार डटकमलाई बताएकी छन्।

नेपालभाषाका चर्चित गीतकार प्रकाश दीप श्रेष्ठको शव्द रचना तथा नीलःशाक्यको संगीत तथा अनुप चापागाइको निर्देशन रहेको गीतको भिडियो सार्वजनिक समारोहमा नेपाली तथा नेपालभाषाका युगिन अभिनेता तथा निर्देशक पवन जोशी, निर्देशक आर्य नकर्मी, विलक्षण प्रतिभाका धनी कलाकार यमन श्रेष्ठ लगायतका विशिष्ट व्यक्ति विशेषको विशेष उपस्थिति रहेको थियो ।

/ सम्बन्धित समाचार /