The Cinemax Hub

फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ ।

गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ । गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय स्थान देख्न सकिन्छ ।

भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ ।

जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्म्स र निरेम प्रोडक्सन संयुक्त व्यानरमा निर्मित फिल्ममा रिस्मा, गौरवसँगै याङ्की योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशीकला प्रधान, पवन सुब्बा र एमडी सनीको अभिनय छ ।

अर्विन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको फिल्ममा रुपेनको सम्पादन, निक गोलेको मुख्य सहायक निर्देशन, फुप सोनाम भुटियाको कलर, चञ्चल थापाको छायांकन छ । फिल्ममा एनी राई लामा, जिग्मी लामा, नेवल लामाको लगानी छ । फिल्ममा सिक्किमका रोविन गुरुङ र दार्जिलिङका शिखर थापा क्षेत्री र अलिसा क्षेत्री लाइन प्रोड्युसर छन् भने अर्विन्दराज गुरुङ(अर्विन्द राज प्रोडक्सन), विवेक लामा(गोल्डेन आवर फिल्मस्) र निकी गोले (निरेम प्रोडक्सन) सह निर्माता छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /