The Cinemax Hub

चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौैं । चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्म ‘रोशनी’को गीत ‘अधुरो छु म तिमी बिना’ युटुबमार्फत रिलिज गरेको हो। सार्वजनिक भएको फिल्मको गीतमा ओम सुनार र अन्जु पन्तको आवाजमा सजिएको छ भने शब्द संगीत ओमले नै गरेका छन्।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गरेका छन्। गीत रिलिज भएपछि अभिनेत्री दाहाल निकै उत्साहित भएकी छन्। उनले फिल्म निकै राम्रो बनेको र यस फिल्मले आफुलाई उचाईमा पुर्याउन सहयोग गर्ने बताईन।माया प्रेम र द्धन्दमा आधारित फिल्ममा कशिस र रमेशका अलवा नितल पल,सुरज राना,मेनुका गिरी लगायतको मुख्य भुमिका

रहेको छ। फिल्मलाई अभिनेता रमेशले नै लेखेका हुन् भने निर्देशन खुब बहादुर सुनार रहेका छन्।

सम्पादन गौतमराज खड्का,एक्सन गोपाल परियार र बीर मास्टर र डिओपी अर्नुन कुमार सुनार रहेका छन्। यस फिल्ममा अर्जुन पोखेरको संगीत,डाक्टर कृष्ण हरि बरालको शब्द रचना समेत रहेको छ। फिल्ममा लगानी रमेश अब्जु,मिलन कुमार भारी,अजय अब्जु रहेका छन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /