शुक्रबारबाट तीन नेपाली फिल्म ‘कैदीको पत्र’, ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ प्रदर्शनमा आएका छन् । मल्टीप्लेक्सहरुले शोज बाँडफाँटमा ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’लाई उच्च शो दिएका छन् भने ‘कैदीको पत्र’ले भने गतिलो शो पाएको छैन ।
विकासराज आचार्यको निर्देशन रहेको ‘नाइँ नभन्नू ल ६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय छ । आशिर्वाद क्षेत्रीको यो डेब्यू फिल्म हो । ‘नाइँ नभन्नू ल’ सिरिजका पर्याय बनेका अनुभव रेग्मी यसमा केमियो भूमिकामा छन् ।
आजैबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद२’ सुदर्शन थापा निर्देशित हो । यस फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् ।
‘कैदीको पत्र’ले मल्टीप्लेक्सहरुमा औसत पाए पनि ठूलो मल्टीप्लेक्स क्यूएफएक्स च्यानलमा भने फिल्म प्रदर्शन भएको छैन । यो फिल्मलाई स्व. ईश्वर मानन्धरले लेखेको कथा हो भने सनम कुमार बैराग निर्देशित छ। फिल्ममा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापालगायतको अभिनय छ ।