The Cinemax Hub

नेपाली रोड थ्रिलर फिल्म ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

नेपाली रोड थ्रिलर फिल्म ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ ।

काठमाडौँ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । भारतको चेन्नाइमा उत्कृष्ट प्राविधिक कार्य भइरहेको फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार गरिएको छ ।

फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका छ । फिल्मका निर्माता चन्दन झा हुन् ।
काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको रिलिज मिति अहिले सार्वजनिक गरिएको छैन ।
फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार हुन लागेको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /