The Cinemax Hub

आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परस्त्री’को फर्स्टलुक पोस्टर रिलिज

Facebook
Twitter
WhatsApp

आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परस्त्री’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सिनेमाको सार्वजनिक ४ पोस्टरमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड छन् ।

सिनेमाका सार्वजनिक ३ पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई स्थान दिइएको छ भने एक पोस्टरमा कोशिस र गौरव पनि अटाएका छन् । सिनेमाको सार्वजनिक पोस्टरले दर्शकमा उत्सुकता पैदा गर्ने देखिन्छ । सिनेमामा अलिसा क्षेत्री, आशान्त शर्माको पनि अभिनय रहेको छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमामा काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । निरज पाण्डेले सिनेमाको छायांकन गरेका हुन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई ‘लभ लभ लभ’ फेम्ड अभिनेता सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनले यही सिनेमाबाट अभिनय छोडेर निर्देशनमा डेव्यु गर्दैछन् ।

नेपालीसँगै हिन्दीमा पनि रिलिज हुने सिनेमाको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ । सिनेमाको प्राविधिका काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /