The Cinemax Hub

कीर्तिपुरको सःसःत्वाः रेष्टुरेन्टद्वारा सगरमाथा आरोही गायक राजु लामालाई गत बुधबार सम्मान

Facebook
Twitter
WhatsApp

काठमाडौं । कीर्तिपुरको सःसःत्वाः रेष्टुरेन्टले सगरमाथा आरोही गायक राजु लामालाई गत बुधबार सम्मान गरेको छ । गायक लामाले सगरमाथा आरोहण एक वर्ष पुगेको अवसर पारेर उनलाई सम्मान गरिएको हो । गायक लामाले आरोहणका क्रममा सगरमाथामा गीत पनि गाएका थिए ।

सांगीतिक व्याण्ड मंगोलियन हर्टका प्रमुख गायक लामासहित उनको व्याण्ड सदस्यलाई रेष्टुरेन्टका सञ्चालक फिरोज सिंहले सम्मान गरेका थिए ।
सम्मान ग्रहण गरेपछि गायक लामाले कीर्तिपुरको सुन्दर लोकेसनमा रहेको रेष्टुरेन्टले आफ्नो समूहलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे ।
सञ्चालक फिरोजले ग्राहकको रोजाईमा रहेको रेष्टुरेन्टमा प्रख्यात व्याण्डका गायक तथा उनको टिमलाई स्वागत र सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

Cinemax Hub

/ सम्बन्धित समाचार /