The Cinemax Hub

फिल्म ‘नम्बरी सुन’को पहिलो गीत ‘नम्बरी सुन’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

आगामी भदौ १ गतेबाट रिलिज फिल्म ‘नम्बरी सुन’को पहिलो गीत ‘नम्बरी सुन’ सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई र शान्तिश्री परियारको स्वर, नारायण खातीको शब्द तथा सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा गौरव पहारी, नम्रता सापकोटासहित राजाराम पौडेल, बुद्धि तामाङ र विनोद न्यौपाने फिचर्ड छन् ।

फिल्ममा राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी लगायतको पनि अभिनय छ । प्रस्तुतकर्ता खातीकै कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको ‘नम्बरी सुन’को निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् । फिल्मले सुनको चारवटा पाटोलाई देखाउने खातीले जानकारी दिए ।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /