The Cinemax Hub

सन्दीप लामाको ‘तिमि छौ तिमि’मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम

Facebook
Twitter
WhatsApp

ट्याटु उद्योगका प्रख्यात व्यक्तित्व र ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाले ‘तिमि छौ तिमि’ बोलको गीत बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा लामाकै शब्द,आवाज र सङ्गीत रहेको छ । गीतमा सुदिप सिंहको सङ्गीत संयोजन र मिक्सिङ,मास्टरिङ समावेश छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायिका बेनिशा हमाल, सन्दीप लामा र सलोरा घिमिरे फिचर्ड छन् । रुपेश थापाले दृश्य कैद गरेको भिडियोमा विकास धमलाको सम्पादन देख्न सकिन्छ । भिडियोमा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम सम्बन्ध देख्न सकिन्छ । भिडियो अब्बल बनेको छ भने साथै कलाकारहरूले पनि उत्कृष्ट काम गरेका छन् । इन्क्सभिल्ला सफ्टवेयर एण्ड एप्पको निर्माण रहेको गीतको भिडियोमा बाँसुरी विकास लामा, मेकअप अनिता ग्वाचा र स्टाइलिश मार्कस ब्लेन्डेनको रहेको छ । भिडियो सपोर्टेडमा ट्याटु हाउस नेपाल रहेको छ । लामा इन्कसिभ्ला ट्याटु मोबाइल एपका सिइओ पनि हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /