The Cinemax Hub

सिनेमा देव वाणीको एक गीतको छायांकन भारतको राजस्थानमा

Facebook
Twitter
WhatsApp

बाबु साहेब बलामीको निर्देशनमा निर्माण भैरहेको सिनेमा देव वाणीको एक गीतको छायांकन भारतको राजस्थानमा गरिएको छ । गायक प्रताप दास र गायिका सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायांकन राजिस्तानमा गरिएको हो ।

सिनेमाको निर्माण टिम केही दिनअघि भारतको राजिस्तानमा ४ दिन लगाएर एक गीतको छायांकन गरेर नेपाल फर्किएको छ । अब सिनेमाको एक गीत र केही सिन मात्र खिच्न बाँकी रहेको जानकारी निर्माण टिमले दिएको छ । राजिस्तानमा खिचिएको गीतमा सिनेमाका मुख्य कलाकार कुन्दन भारद्धाज र अनुपा लेप्चा फिचर्ड छन् ।

सिनेमामा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब रबिन्द्र झा \ कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ । सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांका गरिएकको छ ।

निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी भाषामा बन्ने जानकारी दिए । सिनेमालाई भारतका हलमा प्रदर्शन गर्ने उनको योजना छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमाको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाको प्रस्तुतकर्ता मौसम पौडेल हुन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा महेन्द्र यादव छन् । सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी, र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /