The Cinemax Hub

दान्भी’को टिजरमा पुजाको दमदार एक्सन, कुन्साङको सरप्राइज

Facebook
Twitter
WhatsApp

नायिका पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर आज काठमाडौंको विश्वज्योती हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।
रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रको टिजरमा एक्सनलाई बढी समावेश गरिएको छ । पवन राना मगर कार्यकारी निर्माता रहेको यो चलचित्रका सह–निर्माता कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कुँवर हुन् ।

चलचित्रमा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालीको संगीत, हरि बहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन छ ।

यो चलचित्रको शिर्ष भूमिकामा नायिका पूजा शर्माले अभिनय गरेकी छिन् । चलचित्रमा पूजा शर्माको दमदार एक्सन अवतार छ । पूजाले चलचित्रका लागि गरेको एक्सनले दर्शकहरुलाई सरप्राइज नै दिएको छ । लामो समयपछि नेपाली चलचित्रमा नायिका केन्द्रित एक्सन चलचित्र तयार भएको छ । यो चलचित्रमा पूजाको साथमा नव–नायक कुन्साङ बोमजमको मुख्य भूमिका छ । जुना फिल्मस्को ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रमा नायक कुन्साङको भूमिकाले पनि दर्शकलाई सरप्राइज दिन्छ । चकलेटी अनुहारका कुन्साङले पनि आफ्नो डेब्यू चलचित्रमा उत्कृष्ट काम गरेको अड्कल टिजरबाट लगाउन सकिन्छ ।

यो चलचित्रको एक साताको छायांकन दार्जिलिङमा गर्ने तयारी समेत निर्माणपक्षले गरेको छ । चलचित्रको प्रदर्शन मिति केही समयमा नै तय गर्ने निर्देशक तामाङले जानकारी दिएका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /