The Cinemax Hub

भुवनले ‘हे सानु’ अभिनय मार्फत दर्शाए विदेशिनेको मार्मिक पिडा

Facebook
Twitter
WhatsApp

काठमाडौंँ । गायक बिनोद दनुवारको स्वर रहेको गीत ‘हे सानू’ सार्वजनिक भएको छ । नवराज घिमिरेको शब्द तथा संगीत रहेको गीतको भिडियो युके इन्टरटेन्मेटले सार्वजनिक गरेको हो ।

भिडियोमा मोडल भुवन के.पोखरेल र जुना कार्कीको अभिनय रहेको छ । नेपाली युवा विदेशिनु पर्दा उसको प्रेमीका र घरपरिवारले कस्तो पिडा भग्नुपर्छ भनेर भिडियोले देखाएको छ । भिडियोमा भुवन र जुनाको अभिनय सुहाउँदो छ ।

गीतका शब्द निकै मार्किक र मर्मस्पर्सी रहेकाले भिडियो पनि त्यस्तै बनेको मोडल भुवन के पोखरेल बताउँछन् । भुवन पछिल्लो समय राम्रै जमेका मोडल हुन् । उनी टेलिसिरियल ‘भैरवी’मा डक्टरको भुमिकाको रुपमा समेत चर्चित छन् । अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न टेलिसिरियलमा अभिनय गरिसकेका भुवनले गीतबाट राम्रो प्रतिक्रिया पाउने आस गरेका छन् ।

गीत मार्मिक बिषयमा तयार भएकोले दर्शकश्रोताको मन जित्ने बिश्वास लिएको गायक बिनोद बताउँछन् । भिडियोको छायांकन, सम्पादन र निर्देशक प्रवेश पोखरेलले गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /