The Cinemax Hub

भुवन के पोखरेलको हे सानू सार्वजनिक

Facebook
Twitter
WhatsApp

गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायक बिनोद दनुवारको स्वरमा रहेको यस गीतको शब्द सङ्गीत नवराज घिमिरेको हो भने उक्त गीतको म्युजिक भिडियो युके इन्टरटेन्मेट युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र जुना कार्किको दमदार अभिनय देख्न सकिन्छ ।

यस गीतको भिडियोमा नेपाली युवाहरु बिदेशिनु पर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक मर्मस्पर्सी रहेको यश गीतका मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको मिडिया हब द्वारा प्रसारित टेलि सिरियल भैरवीमा डक्टरको भुमिकामा अभिनय गर्ने चर्चित कलाकार हुन ।

भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन । गितको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भने यो गीत अहिलेका युवाहरुको बेदना पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यश गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन ।।

Cinemax Hub

/ सम्बन्धित समाचार /