The Cinemax Hub

उपहार’को पहिलो गीत ‘वाह वाह वाह’लाई पचास लाख बढीले हेरेका छन्

Facebook
Twitter
WhatsApp

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह वाह’लाई पचास लाख बढीले हेरेका छन् । युटुवमा अपलोड भएको करिब साढे दुई महिनामा यो गीतलाई पचास लाख बढीले हेरेका हुन् ।

बबुल गिरीको संगीत रहेको गीतमा शंकर अधिकारी घायलको शब्द छ । गीतमा गायिका एलिना चौहानले संगीतकार गिरीलाई स्वरमा साथ दिएकी छन् । ‘धोकेवाज’ गायिकको रुपमा परिचित एलिनाले उपहार बाट पाश्र्व गायनमा डेव्यु गरेकी हुन् ।

सिनेमाको यो गीतमा कलाकारहरु रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भूषाल, तेज गिरी र समर्पणजंग कार्की फिचर्ड छन् । झण्डै सत्तरी हजार लाइक आएको भिडियोमा बाइस सय बढीले प्रतिक्रिया दिएका छन्, जसमा गीत र भिडियोको प्रशंसा भएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशक रहेको फिल्मको अर्को गीत मुटुको चार आना सार्वजनिक तीन हप्ता अगाडी सार्वजनिक भएको छ जुन गीतको भिडियोलाई दश लाख बढीले हेरेका छन् । यो गीतलाई पनि दर्शकले मन पराएका छन् । फिल्मको चार पोस्टर माघे संघ्रान्तीमा सार्वजनिक गरिएको छ । फिल्मलाई रेखा र निर्देशक देऊजाले मिलेर निर्माण गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /