The Cinemax Hub

गीत ‘झुठो बोल्दिनँ’को भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । गायक रवी ओड र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘झुठो बोल्दिनँ’को भिडियो सार्वजनिक भएको छ । गीतमा नारायण भारतीको शब्द र सुनिल राई तथा डीआर(एस) क्षेत्रीको संगीत छ । गीतमा सुनिल राईको एरेन्ज छ र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा पुष्कर राउत र उषा उप्रेती फिचर्ड छन् । उनीहरुको प्रेमलाई भिडियोमा देखाइएको छ । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, महेश पौडेलको छायांकन, प्रमोद के भण्डारीको कोरियोग्राफी, कविन खड्काको मेकअप, लोमस पौडेलको प्रोडक्सन डिजाइन र विकास लामा ‘भान्जा’को प्रोडक्सन मेनेज छ । भिडियोको निर्माता ए एण्ड डी क्रिएसन हो । भिडियो ए एण्ड डी क्रिएसनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /