The Cinemax Hub

फिल्म ‘बोक्सीको घर’को ट्रेलर युट्युबमा ट्रेन्डिङ, दर्शकहरूले असाध्यै मन पराए

Facebook
Twitter
WhatsApp

आइताबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको सिनेमा ‘बोक्सीको घर’को ट्रेलरलाई दर्शकले मन पराएका छन् । सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङ्ग अर्न्तगत मुभि सेसनको शिर्ष स्थानमा छ ।

मुभि सेसन अर्न्तगत ट्रेडिङ्गको दोस्रो नम्बरमा बलिउड सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रहेको छ । यस्तै, तेस्रो नम्बरमा भने आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘डिग्री माइला’को ट्रेलर रहेको छ ।

केकी अधिकारीले निर्माण गरेको सिनेमा बोक्सीको घरको ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मुभि सेसनको शिर्ष स्थानमा पुग्नु सिनेमाप्रति दर्शकमाझ भएको आर्कषण जनाउँछ । सिनेमाको गतसात रिलिज भएको गीत बुझिन मैलेले दर्शकमाझ सिनेमाको हाइप बढाएको बुझाई निर्माण टिमको छ ।

सिनेमाको ट्रेलरले बोक्सीमा आरोप लगाइएकी एक महिला पात्रलाई पछ्याउँछ । जुन भुमिकामा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन् । ट्रेलरमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ । उनको गेटअप र हाउभाउले डर पैदा गराउँछ । सिनेमाको कथा गाउँमा आधारित छ । बालविवाह भएकी एक युवतीलाई बोक्सीको आरोप लगाइन्छ । गाउँघरमा कोही विरामी हुँदा उसैमाथि प्रश्न उठ्छ ।

आगामी बैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ

Cinemax Hub

/ सम्बन्धित समाचार /