The Cinemax Hub

गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ । भिडियोमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड छन् ।

डान्सिङ नम्बरको गीत दोहोरी फ्लेभरमा छ । भिडियोमा विशाल कार्कीको प्रोडक्सन, प्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशन, टेकेन्द्र शाहको सम्पादन र कलर, रामकुमार केसीको छायांकन र शिशिर खातीको कोरियोग्राफी तथा निर्देशन छ । भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /