The Cinemax Hub

सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज

Facebook
Twitter
WhatsApp

कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ। सार्वजनिक ट्रेलरमा टिजरका अलावा केही नयाँ पात्रहरु दृश्यमा देखा परेका छन् भने त्यसको साथमा मूल कलाकारको मनोदशा र सिनेमाले भन्ने कथालाई दर्शकका लागि थप कौतुहल्तापुर्ण बनाएको छ ।

टिजरमा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटतालाई ट्रेलरमा थप व्याख्या गरिएको छ भने बाजेकी नेवार्नी पत्नीसँगको अमिलो सम्बन्ध पनि ट्रेलरले पेस गरेको छ । ट्रेलरमा दयाको मिरुनासँग सम्बन्धलाई थप प्रष्ट बनाइएको छ । यी सब चिजले ट्रेलरलाई आकर्षक त बनाएको छ नै, त्यसका अलावा नेपाली सिनेमामा हुने गरेको दृश्य कथाको खडेरीलाई सिनेमामा सम्बोधन गर्ने देखाएको छ ।

सिनेमाले सफल हुने संकेत गरेको छ । ट्रेलरमा कवि उपेन्द्र स्पष्ट झल्किन्छन् । सिनेमामा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।

सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्नसकिन्छ । ‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /