The Cinemax Hub

अनमोल केसी र जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अनमोल केसीलाई केन्द्रमा राखिएको छ । टाइम ट्राभलको कथालाई मुख्य विषय बनाएर बनेको फिल्मको ट्रेलर निकै फरक देख्न सकिन्छ ।

ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलरमा जसिताप्रति अनमोल बढी नै आशक्त देखिएका छन् ।

फिल्ममा सुयोग गुरुङको लेखन र निर्देशन छ । राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक गुरुङले सन् २०१९ देखि फिल्मको तयारी गरेको स्मरण गर्दै नेपाली फिल्ममा पहिलोपटक ट्राभल जर्नीमा फिल्म बनाएको दाबी गरे । ‘खास गरी यो जनराको फिल्मका दर्शक र फ्यानहरु ओटीटी प्लेटफर्ममा बढी छन्’, उनले भने, ‘ड्रामा, कमेडी र प्रमुख पात्रको जर्नीलाई फिल्ममा देखाइएकोले नेपाली दर्शकका लागि फिल्म फरक स्वादको अवश्य हुनेछ ।’

फिल्मका नायक अनमोल केसीले आफूलाई चार वर्षअघि निर्देशक सुयोगले फिल्मको कन्सेप्ट सुनाउँदा नै फिल्मप्रति आफ्नो चासो बढेको खुलाए । ‘यो चरित्र मेरा लागि चुनौतीपूर्ण नै थियो । तीन वर्षको मेहनतमा त्यो चुनौतीलाई तोड्न सफल भएँ जस्तो लागेको छ’, उनले भने ।

फिल्मबाट रवि काफ्ले र समृद्धि रिजालले अभिनयमा ‘डेब्यू’ गर्दैछन् । रविले बाल्यकालदेखिको फिल्ममा अभिनय गर्ने सपना अहिले आएर पुरा भएको भन्दै खुशी व्यक्त गरे । नवनायिका समृद्धिले राम्रो टिमसँग सहकार्य गर्न पाउनु आफ्ना लागि थप खुशीको कुरा भएको बताइन् ।

निर्माता रोहित अधिकारीले आफूहरुले गरेको मेहनतलाई दर्शकले स्वीकार्ने बताए । ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्म जेठ १० गतेबाट रिलिज हुँदैछ ।

सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपाने सह¬–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।

सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता र आलोक शुक्लाको छायांकन छ । फिल्ममा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । फिल्म आगामी जेठ १० गते रिलिज हुँदैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /