The Cinemax Hub

फिल्म ‘फर्की फर्की’ को गीत `अन्तिम माया ´ सार्वजनिक

Facebook
Twitter
WhatsApp

अनमोल केसी र जसिता गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’ को दोस्रो गीत रिलिज भएको छ । सार्वजनिक गीत गायक नेरेन लिम्बुको ‘अन्तिम माया’को रि-एरेञ्ज हो ।

गीतमा लिम्बुकै कम्पोज, लेखन र स्वर यो गीतमा समावेश छ । कथावस्तुको महत्वपूर्ण प्लटमा यो गीत तयार पारिएको छ । सिनेमाका दुई मुख्य पात्रको विछोडको मनोविज्ञानमा गीत समावेश गरिएको बुझ्न सकिन्छ । भिडियोमा गीतको भिडियोमा अनमोल केसी, जसिता गुरुङ फिचर्ड छन् ।

आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फर्की फर्की’ मा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ ।चलचित्रमाअभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

टाइम ट्राभल लभस्टोरीमा निर्माण भएको चलचित्रको कथा निर्देशक सुयोग गुरुङ आफैले लेखेका हुन् । रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /