The Cinemax Hub

कमला बोहराको “मेरा आमा बाबा” सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं : समाजसेवी, लेखक तथा मोडल कमला बोहरा खत्रीले नंया गीत दर्शक माझ लिएर आएकी छन् । छोराछोरी र आमाबाबुको माया समेटिएको ‘मेरो आमा बाबा’ बोलको गीतलाई दर्शकले समेत सकारात्मक प्रतिक्रिया दिइरहेको छ । साथै कमलाको शब्द र अभिनय पनि तारिफ योग्य छ ।

गीतमा एलिना चौहानले स्वर भरेकी छन् । सुजन बाबू गुरुङको संगीत रहेको गीतका शब्द कमला स्वयमले लेखेकी हुन् । संगीत सम्योजन भने जीवन बाबू गुरुङको रहेको छ ।

गीतको भिडियो र कथा विक्रम चौहानले तयार पारेका हुन् । कमला संगै रवि गिरी फिचर्ड भिडियोमा बाल कलाकार किन्जल श्रेष्ठ र सविता घलेको अभिनय रहेको छ । प्रकाश खड्काको समुहले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /