

काठमाडौं । यही कात्तिक ३० गते रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्मालगायतको अभिनय छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्ममा बलिउडका सिनेमाटोग्राफर कवीरलालको छायांकन छ ।
अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।














