The Cinemax Hub

तेल भिसाको ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ३६ सेकेण्डको ट्रेलरमा विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङलगायतका कलाकार देखाइएको छ । फिल्ममा विपिन नेपालमा रहेका पिता र अमेरिकामा रहेका छोरा गरी दोहोरो भूमिकामा छन् ।

फिल्मका निर्देशक शंकर घिमिरे हुन् । फिल्ममा बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ । अमेरिकाको मेरिल्याड र नेपालका विभिन्न भूभागमा फिल्म खिचिएको छ । वेलडन क्रिएसनले फिल्म निर्माण गरेको हो । अनिल पाण्डे र शिवराज कार्की निर्माताको रुपमा छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /