The Cinemax Hub

सारंगको टिजर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ को टिजर बिहीबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने फिल्मको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर,साथीसाथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरेको देखिन्छ । टिजरमा सहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर गरेको पाइन्छ ।

कोरियोग्राफरको रुपमा परिचित निर्देशक तामाङ स्वयमको लेखन रहेको फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गरेका छन् । निर्देशक तामाङले फिल्ममा बाल मनोबिज्ञान, बालअधिकार, धनी र गरिब परिवारबीचको खाड्लको यथार्थ कथा देखाएको बताउने गरेका छन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत,डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको फिल्मको डिओपी गोपाल राय हुन् । मित्र डि गुरुङले सम्पादन गरेको फिल्म स्टेशन ५ ले बितरण गर्दैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /