The Cinemax Hub

सारंग ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौँ। आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सारंग’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ओस्कार कलेजका विद्यार्थीहरु माझ एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर रिलिज कार्यक्रमको सहजीकरण ओस्कार कलेजका एकेडेमी कोअर्डिनेटर नवनिधि दाहालले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुबिच फिल्मको सुटिङ अनुभव साटासाट र विद्यार्थीहरुको जिज्ञासा मेट्ने काम गरिएको निर्देशक प्रशान्त तामाङले बताए । ओएसआर डिजिटलबाट सार्वज्निक गरिएको ट्रेलरले एक परिवारमा सम्बन्धबिच्छेदले निम्त्याउने कथा बोल्छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्म बाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन् । फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् ।

पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्म गोपाल रायले खिचेका हुन् । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको संगीत,स्वास्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सुष्मा राईको कोरियोग्राफी छ। फिल्मलाई देशभर स्टेशन ५ ले वितरण गर्दैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /