The Cinemax Hub

नेपमेला सिंगर्स अन माइकमा सुजाता

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपमेलो स्टुडियोले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ। उनले शो मा तेजप्रसाद पाण्डेको शब्द तथा संगीत रहेको ‘पहिलो माया’ बोलको मर्मस्पर्शी गीत गाएकी छिन। सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह सिर्जना गरेको छ।

सुजातालाई गितारमा चर्चित गितारिस्ट सन्जिब बराईली र बाँसुरीमा रत्न बिकेले साथ दिएका छन। प्रकाश मिश्राले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ुअकाउस्टिक नेपालु को स्टुडियोमा खिचिएको हो।

झन्डै ६ महिना लामो अध्ययन र तयारीपछि नेपमेलोले ‘सिंगर्स अन माईक’ दर्शकमाँझ ल्याएको हो । यो कुनै रियालिटी शो हैन। रियालिटी शो जस्तै देखिने यो एक रियल शो हो जहाँ प्रस्तुति दिने गायक(गायिकाले आफ्नै गीत गाउने पर्नेछ। गीत गाउने गायक नै स्टेजमा हुने कन्सेप्ट र नयाँ अवधारणासहित सुरु गरिएको यो कार्यक्रममा कुनै प्रतिस्पर्धा र पुरस्कारको ब्यवस्था छैन ।

दर्शकले यस कार्यक्रममा नयाँ कलाकारका साथै अग्रज र अहिलेका चल्तीका गायक(गायिकाको प्रस्तुती देख्न सक्नेछन।

कार्यक्रमबारे जानकारी दिए लगत्तै निर्माण टिमलाई करिब २५० वटा गीतहरु प्राप्त भएका थिए। जसबाट टिमले पहिलो चरणको लागी २४ वटा गीत छनोट गरेको थियो। बाट पनि ५ वटा नाम प्रस्तुतिको लागि फाईनल भएको छ। सोही अनुरुप पहिलो प्रस्तुति बुटवलकी सुजाता पाण्डेले दिएकी हुन।

Cinemax Hub

/ सम्बन्धित समाचार /