The Cinemax Hub

डकुड्रामा मौनको फस्टलुक

Facebook
Twitter
WhatsApp

काठमाडौं । अनुसन्धानमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने तयारी गरिएको छ।

गत शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई प्रस्तुत गरिएको छ। फिल्ममा सरोज खनाल र हिउँवाला गौतमलगायतको पनि अभिनय छ । निर्माण पक्षले अन्य कलाकारहरुको पोस्टर विस्तारै सार्वजनिक गर्ने जनाएको छ । फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन् ।

फिल्मको कथा निर्देशक रामशरण पाठकले लेखेका हुन्। सिनेमाटोग्राफी संकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा पोस्टर फोटोसुट कुवेर डंगोलको रहेको छ भने पोस्टर टौवा स्टुडियोमा निर्माण भएको हो ।

फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट, दिवस नाथ लगायतका कलाकार रहेको छ । फिल्मका सहायक निर्माता हरी क्षेत्री भुपेन्द्र हुन्।

फिल्ममा भरत कंडेलको साउण्ड डिजाइनिङ, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र नहकुल खड्काको सम्पादन छ । यस डकुड्रामालाई नेपालका विभिन्न स्कुल, कलेज तथा संघसंस्थाहरूमा विशेष शोमार्फत प्रदर्शन गरिने बताइएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /