The Cinemax Hub

फिल्म अन्धपथको घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘अन्धपथ’को घोषणा गरिएको छ । काठमाडौंमा गत बुधबार एक कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने फिल्मको घोषणा गरिएको हो ।

यही फागुन ८ गतेदेखि छायांकन आरम्भ गरिने फिल्मको निर्मातामा रामजी लम्साल छन् । कथा पनि लम्सालकै हो ।

रामकाजी घिमिरेको लेखन÷निर्देशन रहने फिल्म राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुंगाना, भेग पहारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।

अन्य कलाकार पनि छनोटको चरणमा रहेको निर्माता रामजीले जानकारी दिए । युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने थिममा फिल्म निर्माण हुने निर्देशक रामकाजीले बताए ।

विसं २०८२ सालको असोज वा कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो फिल्म कर्णली रुकुम पूर्व, काठमाडौं, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माता लम्साले जानकारी गराए ।

फिल्मको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला छन् भने छायांकन रामशरण उप्रेती, संगीत अर्जुन पोख्रेल र शृंगारमा सन्तु तामाङको हुनेछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /