The Cinemax Hub

राजनको आउँदा जाँदा बानी परेछ

Facebook
Twitter
WhatsApp

काठमाडौँ। राजन न्यौपानेको शब्द,संगीत र स्वर रहेको नयाँ गीत ‘आउँदा जाँदा बानी परेछ’को भिडियोसहित सार्वजनिक गरिएको छ। राजनको यो पहिलो अफिसियल गीत हो। उनका अन्य केही गीतहरुको रेकर्डिङ्ग सकिएर रिलिज हुने तयारीमा रहेका छन्।

म्युजिक भिडियोको निर्देशनमा व्यस्त सागर ज्ञवालीको कथा र निर्देशनमा तयार भएको भिडियोमा अभिनेता मुकुन भुषाल,भावना उप्रेती र लिन ओलीको अभिनय छ । उनका भिडियोमा नेपाली परिवेश झल्किन्छ।

राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायांकन नारायण जिसीले र सम्पादन अमृत चापागाईंले गरेका छन्। म्युजिक नेपालको प्रस्तुति रहेको गीतको भिडियोमा गाउँमा पहिलो पटक मोटर पुग्दाको परिवेश बुनिएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /