The Cinemax Hub

हरिबहादुरको जुत्ताको छायांकन पुरा

Facebook
Twitter
WhatsApp

काठमाडौं । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ। २९ दिन लगाएर फिल्मको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो।

फिल्मका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा फिल्मको छायांकन सम्पन्न भएको जानकारी दिए। हरिवंश भन्छन्, ‘निर्देशक दिपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन गर्यौ। हाम्रो टिम एकदम राम्रो बन्यो। सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौ।’

उनले गीतहरुको पार्ट पनि सहज रुपमा चाडै छायांकनको काम सम्पन्न हुने विश्वास राखेका छन्। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज ओली र मोहितबंश आचार्य निर्माताको रुपमा रहेका छन्। हरिबंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिब्यदेब पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ।

फिल्म दशैको फूलपातीमा नै रिलिज हुने निर्माता सरोज ओलीले जानकारी दिएका छन्। उनले सम्पूर्ण काम सकेर दशैको फूलपातीमा नै फिल्म रिलिज हुने बताएका हुन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /