The Cinemax Hub

फिल्म कुम्भको घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौँ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्मको छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठुलो पर्दाको फिल्ममा डेब्यु गर्ने भएका छन्। होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा निर्माण हुने फिल्म ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ।

एक्सन जनरामा बन्ने फिल्मको फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा फिल्मका ४ मुख्य पात्रलाई स्थान दिइएको छ। एक जना मुख्य पात्र घोडामा सवार छन्।

फिल्ममा नवनायक अशोक आर्यन, अभिनेता सुनिल थापा, अभिनेता सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बा अनुबन्ध भइसकेका छन्। फिल्मको लागि मुख्य नायिकाको खोजी भर्इरहेको निर्माण टिमले बताएको छ । फिल्म चैत दोस्रो साता देखि फ्लोरमा जाने तयारीमा रहेको छ ।

रन्धिर श्रेष्ठकै छायांकन रहने फिल्ममा द्वन्द सम्राट बस्नेतको रहनेछ। रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको फिल्मको सह निर्माता ध्रुवराज पराजुली रहेका छन्। इश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /