The Cinemax Hub

तुझमे खोया तुझमे पाया सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौँ। नेपालमा छायाँकन गरिएको हिन्दी गीत ‘तुझमे खोया तुझमे पाया’को भिडियो सार्वजनिक भएको छ । बिहिबार काठमाडौंको जमलस्थित विश्वज्योति सिनेमा हलमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरियो। भिडियोमा मोडल सुशान्त ढकाल र सृष्टि खड्का फिचर्ड छन्।

नितिन चन्दले निर्देशन गरेको भिडियो योर स्टाइल प्रोडक्सनले तयार पारेको हो। गीतको भिडियो एफएमडि म्युजिक मुम्बईबाट सार्वजनिक हुनेछ। अहिले गीतको टिजर मात्र यु ट्युवमा राखिएको छ। मोहमद साहिदको शब्द तथा संगीत रहेको गीतमा सोनु मिश्रको स्वर रहेको छ।

निर्देशक चन्दले आफुले निर्देशन गरेको अन्य हिन्दी गीतहरु पनि सार्वजनिक हुने तयारीमा रहेको बताए। आधा दर्जन भन्दा बढी म्युजिक भिडियो र केहि बिज्ञापनहरुमा काम गरेका सुशान्त ढकालले आफु निरन्तर यहि क्षेत्रमा काम गरि रहने र भबिष्यमा ठुलो पर्दामा देखिने योजना रहेको बताए।

Cinemax Hub

/ सम्बन्धित समाचार /