The Cinemax Hub

मनीष र गीताको ए तन

Facebook
Twitter
WhatsApp

काठमाडौँ। गायिका गीता पाण्डे र गायक मनिष चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ए तन’ बोलको रोमान्टिक गीतमा मनोज चौलागाईंको शब्द तथा संगीत रहेको छ। प्रेम भाव समेटिएको गीतमा एरेन्ज पनि मनोज चौलागाईंको रहेको छ। प्रतिभा वान गायक चौधरी र गायीका पाण्डेको केमेस्ट्रि सुहाएको छ। गीत अनुसार भिडियो पनि सुहाउदो बनेको छ।

नितिन चन्दले निर्देशन गरेको भिडियोमा रोजेन सुन्दास र मिसेल घिमिरे फिचर्ड छन्। उमेश शाहले छायांकन गरेको भिडियोमा सम्पादन बिकाश धमलाले गरेका छन्। भिडियो गायिका गीता पाण्डेको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /