The Cinemax Hub

जेठ ९ मा नरसिंहाः अवतार

Facebook
Twitter
WhatsApp

काठमाडौं । नायक राजेश हमालको प्रतिक्षित फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय भएको छ । यसअघि चैत्रको २९ गते रिलिज भनिएको यो फिल्म अब आउँदो वर्षको जेठ ९ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो ।

दिवाकर भट्टरार्इको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् ।

संभवत नेपाली फिल्मको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी फिल्ममा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए ।

यो फिल्ममा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाररुको अभिनय छ ।

राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

कार्यक्रममा विद्यार्थीहरुमाझ नायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो । सही जवाफ दिने विद्यार्थीलाई फिल्मका कलाकारहरुले उपहार प्रदान गरे ।

यो फिल्म हेर्न आफूहरु निक्कै उत्साहित भएको ग्लोबल कलेजका विद्यार्थीहरुले बताए । फिल्म ‘नरसिंहाः अवतार’लाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /