The Cinemax Hub

एक्लोमा फरक बेनिशा

Facebook
Twitter
WhatsApp

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मकी मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हमाललाई सुन्दरी देखिएको छ । उनको क्यारेक्टर नाम क्विन मारा रहेको छ। हमालको लुक्सले फिल्म केहि फरक बनेको अनुमान दर्शकले लगाउन सक्नेछन्।

फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। फिल्म दिपावलीको अवसरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

फिल्म ‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /