The Cinemax Hub

‘नरसिंहाः अवतार’ ले सबै कलाकारलाई समेट्दै ल्यायो नयाँ पोस्टर

Facebook
Twitter
WhatsApp

दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको पोस्टरमा यसमा अभिनय गरेका सबैजसो कलाकारहरूलाई स्थान दिइएको छ। यो फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीतको चर्चासँगै टिमले यो पोस्टर ल्याएको हो। केही दिनअघि सार्वजनिक उक्त गीतलाई युट्युबमा दर्शकले निकै रुचाएका छन्।

पोस्टरमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिव जंग बस्नेत, राजिव मानन्धर (टार्जन) लगायतका कलाकारहरूलाई स्थान दिइएको छ। पोस्टरले कलाकारहरूको फिल्ममा गेटअप कस्तो छ भन्ने प्रष्ट पार्ने निर्देशक तथा लेखक भट्टराईले बताए।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ।

क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /