

काठमाडौं : चलचित्र ‘अभिमन्यु’को छायांकन सकिएको छ। २५ दिनमा चलचित्रको छायांकन सकिएको हो।
निर्माणपक्षले शुक्रबार फिल्मको छायांकन सकिएको जानकारी दिदै प्रदर्शन मिति समेत तोकेको छ। आगामी भदौ २७ गतेबाट फिल्म प्रदर्शन गरिने छ।
‘अभिमन्यु’को छायांकन चैत १९ गते कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेसँगै ‘अभिमन्यु’को छायांकन सुरु भएको थियो। यस चलचित्रमा मुख्य भुमिकामा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। ‘अभिमन्यु’को निर्माता विनोद पौडेल हुन्। पौडेल सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता समेत हुन्।

चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने बताइएको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुने यो फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ।














