

काठमाडौं :
चलचित्र ‘महाराजधिराज’मा रमेश उप्रेतीपछि आर्यन सिग्देल अनुबन्ध भएका छन्। त्यस कारण यो चलचित्रमा एकपछि अर्को कलाकारहरू अनुबन्ध हुँदै जाँदा चलचित्रको लाइनअप राम्रै बन्दै गएको छ।
परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा पल शाह,रमेश उप्रेतीवपछ आर्यन सिग्देल अनुबन्ध भएका हुन्। मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको दाबी छ। आर्यन, रमेश र पलको अनुबन्धले सिनेमाको लाइनअप बलियो हुँदै गएको बुझिन्छ।
आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नालागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए। यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।

‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए। जुन चलचित्र समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो। फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।
निर्माण टिमले प्रचारप्रसार सामाग्रीका रुपमा यसअघि चलचित्रको पोस्टर सार्वजनिक गरिसकेको छ।














