

काठमाडौं :
नेपाली दर्शकले कुन सिनेमा रुचाउँछन् भन्न सकिदैन। गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘पुर्ण बहादुरको साराङ्गी’ होस् या ‘१२ गाउँ’। यो सिनेमा चल्छ भन्नेमा निर्माण पक्ष नै ढुक्क देखिदैन थियो। तर हलमा चलेर नै निर्माण पक्षलाई चकित बनाइदियो।
त्यसैले सिनेमामेकरलाई नै कुन सिनेमा चल्छ चल्दैन थाहा हुँदैन। केहि वर्ष अघि प्रदर्शनमा आएको सिनेमा ‘झोला’का निर्देशक यादव भट्टराईको पनि उस्तै चर्चा भयो। गत साता प्रदर्शनमा आएको सिनेमा ‘झिल्को’मा पनि उनको निकै कन्फिडेन्ट देखियो। पुरानै प्रसारप्रसार शैली सोचेर हो या किन हो सिनेमा ‘झिल्को’को त्यति हल्ला खल्ला देखिएन। तर जति दर्शकले सिनेमा हेरे तारिफ नै गरे।

यो सिनेमा हलमा लाग्दै गर्दा वर्षा सिवाकोटीलाई फुर्सद छ है भन्न पाइदैन। किनभने उनले हालसालै ऋषि लामिछाने निर्देशित सिनेमा ‘माग्नेराजा’को छायांकन सकाईन्। अब उनी अर्को सिनेमा ‘कार्की साइँला’तर्फ लाग्दैछिन्। यो सिनेमाको छायांकनका लागि उनी धनकुटा जाने तालिका छ। अझ भनौँ उनलाई एकपछि अर्को सिनेको छायांकन गर्न भ्याइँ नभ्याइँ छ।














