The Cinemax Hub

स्वर्गीय बिक्रम राईको संगीतमा भ्वाइस अफ नेपालका रोशनले गाए  ‘नछुट्टिने मन ‘

Facebook
Twitter
WhatsApp

काठमाडौं ।

‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन’ सार्वजनिक भएको छ। हालै उनको नयाँ गीतको भिडियो रिलिज गरिएको हो।
गीतमा शान्ता रार्इको शब्द रचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ।

योगेन मुकारुङको मिक्सिङ्ग,मास्टरिंङ्ग रहेको गीतलाइ गायिका मेलिना राइको स्वरमा यस गीतको फिमेल भर्सन समेत केहि दिनअगाडी आइसकेको छ। भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एडभाइजर समेत रहेका स्वर्गीय बिक्रम रार्इको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फस्टरनरअप रोशन राईको स्वरमा आबद्ध यस गीतलाई स्रोताहरुले मन पराइदिनु हुन्छ भन्नेमा आफु बिस्वस्त रहेको गीतकार शान्ता राइले बताईन्।

thecinemaxhub

/ सम्बन्धित समाचार /