The Cinemax Hub

‘हे’ डाइलक सहित अभिनेता हमाल ‘नरसिंहा : अवतार’मा

Facebook
Twitter
WhatsApp

काठमाडौं : जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नरसिंहा अवतार’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भइसकेको छ। बिहिबार निर्माण टिमले ३ मिनेट १५ सेकेण्ड लम्बाइको ट्रेलरमा सिनेमामा मुख्य अभिनेता राजेश हमालले ‘हे’राखिएको छ।

अन्यायमा परेकी एक युवती र राजनीतिक कथा वरपर घुमेको यो सिनेमामा उनको ‘हे’लाई किन निरन्तरता दिइयो। त्यसमा बारेमा लेखक तथा निर्देशक दीवाकर भट्टराईलाई नै थाहा होला। तर राजेशको ‘हे’कथाले मागेको देखिन्छ।यसै सिनेमाबाट अभिनेता हमाल आठ वर्षपछि कमब्याक गरेका हुन्। यसमा उनको दुई अलग अलग लुक्समा देखिएका छन्। यस सिनेमामा निर्देशक भट्टराईकै लेखन रहेको छ भने फिल्मलाई नरेन्द्र महर्जन, नेम महर्जन, दीपक शर्मा ढकाल र ध्रुव न्यौपानेले लगानी गरेका छन्।

सिनेमा अभिनेता हमालका साथमा राज कटुवाल,सरोज खनाल, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, अमित गिरी, एभेलिना खड्काको पनि अभिनय रहेको छ। राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको यो सिनेमामा चन्द्र पन्तको कथा रहेको छ। राजु तामाङको द्वन्द्व निर्देशन, रिकेश गुरुङको ब्याकग्राउन्ड स्कोर, समीर मियाँको भीएफएक्स तथा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /