The Cinemax Hub

‘ऊनको स्विटर’को २ दिनको व्यापार १ करोड ७३ लाखको ग्रस कलेक्शन

Facebook
Twitter
WhatsApp

काठमाडौं :

शुक्रबारदेखि रिलिजमा आएको सिनेमा ‘ऊनको स्विटर’ले शुक्रबार र शनिबार सुखद व्यापार गरेको छ। सिनेमाले प्रदर्शनको २ दिनमा १ करोड ७३ लाखको ग्रस कलेक्शन गरेको हो।

चलचित्र विकास बोर्डको बक्स अफिस डाटामा उपलब्ध भएको यस व्यापारलाई रामो मान्न सकिन्छ। आइतबार ठिकठाकै हलमा दर्शक देखिएका छन् भने भोलि सोमबार बिदा परेकाले फिल्मको व्यापार २ करोड ५० लाख ग्रस हुने संभावना देखिन्छ।

यो सिनेमा चल्नुपर्ने बाध्यता अभिनेता विपिन कार्कीलाई पनि थियो। उनले यस सिनेमामा सम्झन लायक अभिनय गरेको दाबी गरेका थिए। नभन्दै उनको अभिनयको तारिफ समेत भइरहेको छ। नविन चौहानको निर्देशनमा बनेको यस सिनेमामा विपिनका अलावा मिरुना मगर,एलेक्स पारस,परीक्षा लिम्बु, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ। यो फिल्मको व्यापारमा सुजन चापागाँई र झुमा लिम्बुको गीत ‘काफ्ले’ले पनि ठूलो सहयोग पुगेको देखिन्छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /