The Cinemax Hub

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा ः घर नं २’ले पायो युनिभर्सल सर्टिफिकेट

Facebook
Twitter
WhatsApp

काठमाडौं :

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्। सेन्सर बोर्डमा सिनेमा प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेको देखिएको थियो। सिनेमाका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिँदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली सिनेमा हेर्न पाएको अनुभव सुनाए। केही सदस्यको आँखामा आँसुसमेत देखिएको थियो।

जेठ २ गतेदेखि रिलिज हुन लागेको यो सिनेमाको कथा साहित्यकार बुद्धिसागरको छ। सिनेमामा खगेन्द्र लामिछाने,निश्चल बस्नेत,उपासना सिंह ठकुरी,आर्यन सिग्देल,केकी अधिकारी,प्रकाश घिमिरे,श्रृजना नापित,संजोग रसाइली,रुविना घिमिरे,सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ।
सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा ः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।

thecinemaxhub

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /