The Cinemax Hub

हसन राईको गीतमा एलिशा राई ‘नायुमा’

Facebook
Twitter
WhatsApp

काठमाडौ :

गायक हसन राईको ‘नायुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शशि गुरुङको शब्द तथा संगीत रहेको गीतको भिडियो रिलिज भएको हो।

लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई देबेश राईले एरेञ्ज गरेका छन्। अमर सृष्टा विक्रम राई प्रति समर्पित म्युजिक भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
किरातहरुको सभ्यतामा आधारित गीतमा युवा पुस्तामाझ निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन्। म्युजिक भिडियोलाई किरात राईहरुको विवाह संस्कारमा आधारित रहेर निर्माण गरिएको छ। म्युजिक भिडियोमा चर्चित अभिनेत्री एलिशा राई, मोडल गणेशमान घले र चर्चित कमेडियन उमेश राई (फुलन्देकी आमा) को अभिनय देख्न सकिन्छ।
साथै म्युजिक भिडियोमा क्रमश, प्रकाश लिम्बु, शिशम वान्तावा राई, दोस्तिहाङ राई, महेन्द्र राई, खेमराज राई, हाङ्सामा लिम्बु लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा देखाए अनुसार बिबाहमा सोल्टी सोल्टिनी बिचको प्रेमभावलाई देखाइएको छ । एलिशा र गणेशमानको जोडी जमेको छ ।
यस म्युजिक भिडियोमा हरि हुमागाईको डिओपी रहेको छ,भने उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ । यस म्युजिक भिडियोलाई बिकाश दाहालले इडिट गरेका छन्,भने सुम्निमा कलेक्सनको पहिरण रहेको छ।
गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो गीतमा दर्शकहरुको माया पाउनेमा ढुक्क रहेको बताए। साङ्गीतिक क्षेत्रमा केहि फरक गीतहरु मार्फत दर्शकमाझ आफु प्रस्तुत भइरहनेपनि हसनले बताए । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन्।

thecinemaxhub

/ सम्बन्धित समाचार /