

काठमाडौं :
सिनेमा ‘के घर के डेरा : घर नं २’को गीत सार्वजनिक भएको छ। सिनेमा रिलिज हुने अघिल्लो दिन ‘ढुंगा देउता भयो’ बोलको गीत रिलिज गरिएको हो। गीतमा बुद्धिसागरको शब्द रचना रहेको छ। निश्चल बस्नेतको संगीत रहेको यो गीतमा सलिन मगरको स्वर सुन्न सकिन्छ।
यस गीतले सिनेमाको कथा भन्ने गीत शान्त तर अर्थपूर्ण कुरा गर्छ। संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ। काव्यात्मक गीतले सिनेको स्तर झल्काउँछ। सपना नै जिन्दगी जिउने आधार बन्ने यथार्थलाई गीतले उजागर गरेको छ।

गीतको भिडियोका सिनेमाका मुख्य कलाकार केकी अधिकारी,निश्चल बस्नेत,खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन्।
‘के घर के डेरा ः घर नं २’ले जेठ २ गते (शुक्रबार)रिलिज हुँदैछ। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो। दीपेन्द्र के खनालले निर्देशन गरेका छन्।
सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ।यस सिनेमाको कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।














