

काठमाडौँ :
आगामी जेठ २३ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘जन्ते बाख्रो’को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक भएको छ। निर्माण पक्षले बुधबार सिनेमाको गीतलाई युट्युबमार्फत रिलिज गरेको हो।
ग्रामिण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा सिनेमाका मुख्य पात्र सौगात मल्ल,गरिमा शर्मा,आशिफ शाह, लोकेन्द्र लेखक,विशाल पहाडीले नाचेका छन्।

यस फिल्मको गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत छ। प्रदीप लामाको नृत्य निर्देशनमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।
सिमोस सुनुवारको निर्देशनमा बनेको यस सिनेमामा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरको अभिनय छ। यसअघि सिनेमा दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ सार्वजनिक छन्। जसमा ‘अङ्गुर’को झुप्पोले चर्चा पाइसकेको छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको यो सिनेमा कमेडी जनरामा आधारित रहेको बताइएको छ। सिनेमामा प्रदीप भारद्वाजको लेखन,सन्तोष गौतमको लगानी,हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन रहेको छ। त्यसै गरि सिनेमामा सुनिल शिवभक्तिको सम्पादन छ।
यो सिनेमासँगै राजबहादुरका सानेको सिनेमा ‘सिटामोल’पनि प्रदर्शनमा आउँदैछ।














