The Cinemax Hub

फिल्म ‘माईतीघर’को टाईटल गीत छायांकन सुरु, उपासना र श्यामा श्रीको ठुम्का

Facebook
Twitter
WhatsApp

काठमाडौं :

पुरानो सिनेमा ‘माइतीघर’मा समावेश सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’नयाँ सिनेमामा राखिने भएको छ। यतिबेला छायांकन भइरहेको सिनेमा ‘माईतीघर’कै लागि यो गीत समावेस गर्न लागिएको हो।
रोहित अधिकारीको निर्माण छायांकन भइरहेको यो सिनेमाको गीतको भिडियो छायांकन सुरु भएको हो। निर्माण पक्षले सिनेमाको छायांकन सेटबाट केही तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको छ। छायांकन भइरहेको सिनेमाको यस गीतमा उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा देखिन्छिन् ।

परम्परागत भेषभूषामा सजिएकी यी २ कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्ने छन्। यो गीत छायांकनको लागि मात्रै ४ दिनको सेड्युल तय गरिएको निर्माता अधिकारीको भनाई छ।
यस सिनेमामा प्रमुख २ अभिनेत्री उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पाले यो गीतमा नाच्ने छन्। गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरिरहेका छन्। सो गीतमा किरण खरेलको शब्द तथा जयदेभको संगीत समावेश गरिएको छ।

यस सिनेमामा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ। मिलन तामाङले निर्देशन गरिरहेको यस सिनेमाको छायांकन सुसन प्रजापतिले गर्दैछन्। रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो सिनेमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन्।

thecinemaxhub

/ सम्बन्धित समाचार /