The Cinemax Hub

‘महाभोज’अब जेठ ३० गते रिलिज हुने

Facebook
Twitter
WhatsApp

काठमाडौं :

दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाभोज’ यहीँ जेठ ३० गतेबाट प्रदर्शनमा आउने भएको छ। विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको यो सिनेमा १५ दिन पर सरेको हो।

निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ। यसै सन्दर्भमा, सिनेमाका निर्देशक राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे।

निर्देशकले भने,‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको सिनेमा केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ। दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ।

केही दिनअघि यो सिनेमाको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो । जहाँ सिनेमा हेरेका दर्शकहरूले व्यापक सकारात्मक प्रतिक्रिया दिएका थिए। यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जक समेत रहेको प्रतिक्रिया उक्त शोबाट प्राप्त भएको थियो।

सिनेमामा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकमा चासो पैदा गरिरहेको छ। यस सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका प्रमुख अभिनय रहेको छ।क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस सिनेमाका निर्माता हिमाल कडरिया हुन्।

thecinemaxhub

/ सम्बन्धित समाचार /